प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/WhatsApp Image 2025-03-27 at 12.09.01_2a07c4ea_consrqd.jpg

महत्त्वपूर्ण सूचना

logo/WhatsApp Image 2025-03-27 at 12.09.01_2a07c4ea_consrqd.jpg

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८

परिचय

कार्यालयको परिचय

कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावारण मन्त्रालय अन्तर्गत रहेको पर्यटन कार्यालय, धरानको स्थापना वि.स. २०७७ साल कार्तिक २४ गते भएको हो।यस कार्यालयको कार्य क्षेत्र कोशी प्रदेशको मोरङ्ग, सुनसरी,उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्ला पर्दछन्।यस कार्यालयले आफ्नो कार्य क्षेत्रभित्र रहेका ट्राभल तथा ट्रेकिङ्ग एजेन्सीहरुलाई ईजाजत दिने, नवीकरण र खारेजीका साथै होमस्टेहरुको दर्ता, नवीकरण, खारेजी, अनुगमन लगायतका कार्यहरु गर्दछ।त्यसैगरी होमस्टे सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रमहरु पनि संचालन गर्दछ।यसका अतिरिक्त प्रदेश सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको निर्देशन बमोजिम आफ्नो कार्यक्षेत्रभित्र पर्यटन प्रवर्द्धन सम्बन्धी विविध क्रियाकलापहरु समेत सञ्चालन गर्दछ।कार्य सम्पादन वा सेवा प्रवाह गर्ने क्रममा कार्यालयले विभिन्न संघीय तथा प्रादेशिक कानूनहरुको अतिरिक्त प्रत्यक्ष रुपमा कोशी प्रदेशको पर्यटन विकास ऐन, २०७६, पर्यटन विकास नियमावली, २०७७ तथा होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ बमोजिम आफ्नो कार्य सम्पादन गर्ने गर्दछ।