कार्यालयको बारेमा
कोशी प्रदेश सरकारको पर्टयन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन कार्यालय धरान रहेको छ।
पर्यटन कार्यालय धरानको कार्यक्षेत्रभित्र कोशी प्रदेशको १० जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम र झापा बाहेक) पर्दछ। पर्यटनसँग सम्बन्धित व्यवसायहरुको दर्ता, नविकरण तथा व्यावसायिक क्षेत्र, व्यवसायमा आवद्ध जनशक्तिको क्षमता विकासका लागि यस कार्यालयले कार्य गर्दछ। नयाँ-नयाँ पर्यटकीय गन्तब्यहरुका पहिचानका लागि सरोकारवालाहरुसँग छलफल तथा अध्ययन अवलोकन गरी तिनको प्रचार प्रसार गर्नु समेत यस कार्यालयको उद्देश्य हो।
विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा लगायत कञ्चनजंघा¸ल्होत्से¸मकालु¸चोयु यसै प्रदेशमा पर्दछ। होचो भूभाग केचनकवल¸ पाथिभरा¸ फुङफुङे झरना¸ माईपोखरी¸ अरुण उपत्यका¸ नमस्ते झरना¸ हलेसी महादेव¸ स्याङबोचे¸ पोकली झरना¸कोशि टप्पु वन्यजन्तु आरक्ष¸ बराहक्षेत्र¸ तालतलैया¸ बासबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र लगायतका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु रहेका छन्। यसैगरी नेपाल सरकारले प्रमुख पर्यटकीय गन्तव्यस्थलको लागि पहिचान गरेका १०० वटा स्थान मध्ये १६ वटा (तिङबुङ पोखरी¸ गुरु फाल्गुनन्द सर्किट¸ फिक्कल-कन्याम-श्रीअन्तु सर्किट¸ तिनजुरे-मिल्के-जलजले¸ बालेश्वोर ऐतिहासिक गुफा¸ हलदे पटकेडाँडा पर्यटक ट्रेल¸ ट्याम्के डाँडा¸ बराह पोखरी¸ पाँचपोखरी¸ थोलेदम्बा डाँडा¸ उदयपुरगढी¸ सहिद नेत्रलाल पार्क¸ गौरादह कृषि पर्यटन क्षेत्र¸ अर्जुनधारा पर्यटकीय क्षेत्र¸ धनपालगडी पर्यटकीय क्षेत्र¸ पिण्डेश्वर-दन्तकाली पदमार्ग) समेत यस प्रदेश अन्तर्गत पर्दछन्।
यस प्रदेशका विशेष गरी आफ्नो कार्यक्षेत्र भएका १० जिल्ला (सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ र सुनसरी) मा पर्यटकीय गतिविधिहरुलाई प्रोत्साहन, नियमन तथा अनुगमन गर्ने यस कार्यालयको प्रमुख कार्य हो।
कार्यालय प्रमुख
सूचना अधिकारी
गुनासो सुन्ने अधिकारी